"देउपुर र मण्डन - कृषि र पर्यटन"

header AD
संक्षिप्त विवरण

मण्डनदेउपुर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक स्थान अवस्थित छ । काभ्रेपलाञ्चोक २०७३ नेपालको राजधानी काठमाडौंबाट उत्तर-पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ। यस नगरपालिका साविक बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१-४, ६) गा.वि.स गरी सात गा.वि.स.हरु मिलेर सम्वत २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशन पछि स्थापना भएको हो। यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालीका, पश्चिममा भक्तपुर र काठमाडौँ, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ । मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यस नगरपालिकामा ७९२४ परिवारमा कुल ३०३८१ जना बसोबास गर्दछन्, जसमा पुरुष १४८५३ र महिला १५५२८ रहेका छन् । वि.सं. २०७८ सालको जनगणना अनुसार यस नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर - ०.६९, लैङ्गिक अनुपात ९५.६५ र जनघनत्व ३४१ प्रति वर्ग कि.मी. रहेको छ। यस नगरपालिकामा विशेष गरी हिन्दु, बौद्ध र इशाई धर्मावलम्बीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन, व्यापार र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ। यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन्।

आधारभूत जानकारी
Bagmati
Kabhrepalanchok
नगरपालिका
89.00 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 30381
Male 14853
Female 15528
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 27.680714° N, 85.623804° E