FAQs Complain Problems

समाचार

सूचना

आ.व. 074।75 मा संचालन भएका योजनाहरु र चालु आ.व. 075।76 मा संचालन हुने आयोजनाहरुका सम्बन्धमा यस नगरपालिका भित्रका वडाहरुमा तपसिलको मित, समय र स्थानमा सार्वजनिक सुनुवाईको कार्यक्रम हुने भएकाले सम्पूर्ण वडा वासिहरु तथा सरोकारवालाहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आ-आफ्नो गुनासो तथा रचनात्मक सुझावको लागि अनुरोध गर्दछौँ ।

तपशिल

  • 2075 साल पुष 6 गते दिउँसो 1:०० बजे वडा नं. १० को वडा कार्यालयमा
  • 2075 साल पुष 8 गते विहान 8:०० बजे वडा नं. 5 को कार्यालयमा साथै सोहि दिन दिउँसो 1:०० बजे वडा नं. 6 को कार्यालयमा
  • 2075 साल पुष 9 गते विहान 8:०० बजे वडा नं. 11 को कार्यालयमा साथै सोहि दिन दिउँसो 1:०० बजे वडा नं. 12 को कार्यालयमा
  • 2075 साल पुष 10 गते विहान 8:०० बजे वडा नं. 3 को कार्यालयमा साथै सोहि दिन दिउँसो 1:०० बजे वडा नं. 4 को कार्यालयमा

साथै 2075 साल पुष 13 गते शुक्रवारका दिन यस मण्डनदेउपुर नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्ने तथा नगर स्तरीय सार्वजनिक सुनुवाईको कार्यक्रम गर्ने।

 

 

 

...............................
(मोहन अधिकारी)

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: