FAQs Complain Problems

वडा नं. ७

                मण्डनदेउपुर न.पा. वडा नं. ७ काभ्रेपलान्चोक जिल्लाको जिल्ला सदरमुकाम बाट करिब २२ कि.मि. तथा पर्यटकिय क्षेत्र नगरकोटबाट ११ कि.मि. मा रहेको शुन्दर उत्पादन शिल , व्यवसायिक तथा रमणिय क्षेत्र हो । यस वडाको पुर्व तर्फ अबिरल बग्ने ईन्द्रावति नदि ,पश्चिम तर्फ चाखोला , उत्तर तर्फ मण्डनदेउपुर न.पा.को वडा नं. ६ र दक्षिण तर्फ मण्डनदेउपुर न.पा.को वडा नं. ९ पर्दछ। यस वडाको मध्य भागबाट हेलम्बु राजमार्ग गएको छ।   यस वडामा आदिवासि दनुवारहरुको ५ वटा बस्ती साथ बाहुल्यता रहेको छ भने यस वडा भित्र खस सप्रदायमा पर्ने बाहुन क्षेत्री र नेवार दमाई, कामि, सार्की समेतको बसोबास रहेको छ । यहा ९० प्रतिशत भन्दा माथि खेति योग्य जमिन रहेको छ।  यस वडाको मुख्य आय श्रोत भनेको कृषि पशुपालन र व्यापार रहेको छ। यहाँ  एउटा क्याम्पस, एक उ.मा.वि.,एक नि.मा.वि., एक प्रा.वि. तथा दूइ निजि विद्यालय समेत रहेको छ साथै यस वडा भित्र न. पा. कार्यालय ,स्वास्थ्य चौकि, प्रहरि चौकि ,हुलाक, भेटेनरि ,कृषि जस्ता सरकारि कार्यालय तथा बित्त कारोबार गर्ने बैंक र सहकारि संस्था तथा दुग्ध कारोबार गर्ने , कृषि उत्पादन तरकारि खरिद बिक्री केन्द्र समेत रहेको छ।

सम्पर्क नं.

वडा अध्यक्ष :विष्णुप्रसाद पौडेल :- ९८४१६६६४७८

वडा सदस्य : बुद्धीमान श्रेष्ठ :- ९८४१३३४३७८

वडा सदस्य : सानुकान्छा राई दनुवार  :- ९८१०३९००२३

महिला सदस्य : अस्सारा दुलाल  :- ९८४९३४८२२०५

दलित महिला सदस्य : तेजकुमारी नेपाली  :- ९८०३९७३८७५

वडा सचिव :ढकराज ढूङ्गाना:- 9842426876

स्वास्थ्य चौकी इन्चार्ज: रुप बहादुर कुवर:  ९८४१८२९०९६

कार्यालय सहायक: