समाचार
Flash News
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा कार्यक्रम ।
ण्डनदेउपुर नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको छ। आज एक कार्यक्रमका विच नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको छ । कार्यवहाक नगर प्रमुख विष्णुमणी नेपालको सभाध्यक्षतामा कार्यक्रम सु-सम्पन्न गरिएको छ। प्रत्येक घरधुरी सर्वेक्षणका आधारमा आधारभूत तह अध्ययन गर्ने उमेर समुहका बालवालिका विद्यालय बाहिर नरहेको तथ्याङ्कलाई आधार लिएर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको हो। कार्यक्रमबाट अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गर्न सकारात्मक भूमिकाको कदर गर्दै नगरपालिकाको सम्पुर्ण वडाहरुलाई समेत सम्मान गरिएको छ। कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै सभाध्यक्षले नगरपालिकाले यस अघि पनि नगरपालिका शिक्षा सुधारमा राम्रै लगानि गर्दै आएकोमा अवको दिनमा पनि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि थप बजेट व्यवस्था सहित आवश्यक पहल गर्ने धारणा व्यक्त गर्नुभएको छ ।