समाचार
Flash News
आपत्कालीन सम्पर्क नम्बरहरु।
सम्पूर्ण मण्डनदेउपुर नगरवासीहरुमा अत्यन्त जरुरी सूचना!
नेपाल सरकार, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाको मौसम सम्बन्धि पुर्वानुमान अनुसार मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस अवधिमा मण्डनदेउपुर नगरपालिकाभित्र रहेका नदी तथा खोलाहरुमा पानीको बहाव उच्च भई बाढी तथा पहिरो आउन सक्ने उच्च सम्भावना रहेकोले उक्त जोखिमबाट हुने क्षतिलाई कम भन्दा कम गराउन सम्पूर्ण नगरबासीहरुले उच्च सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
भारी वर्षा आउँदैछ, सावधानी अपनाऔँ,
बाढी–पहिरोबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
नदी तथा खोलाको किनारमा नजाऔँ,
जोखिमयुक्त स्थानमा बसोबास नगरौँ,
विपद्को समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिउँ।
उक्त अवधिम लामो यात्रा नगरौँ।
आपतकालीन अवस्था आएमा तत्काल मद्दत माग्न
१२३४, १००, ११४ वा स्थानीय जनप्रतिनिधिहरुलाई सम्पर्क गरौँ।
