कोभिड-19 बाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यक्रम अन्तरगत रु ५८,७०,०००।– वडा नं. १ देखि १२ सम्मका ५८७ घर परिवारलाई नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन, १ देखि १२ वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्य, कर्मचारीहरु र लाभग्राहीहरुको उपस्थिति रहेको थियो।
समाचार
Flash News
ग्यालरी
मिति: २०७७/०८/०९ र १० गते नगर प्रमुख श्री टोक बहादुर वाइबा को प्रमुख अध्यक्षतामा , प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, विभिन्न वडाको वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख श्री सुशीला कठायत तथा स्वास्थ्य शाखाका कर्मचारीहरु र विद्यालयका प्र.अ.हरुको सहभागितामा कोरोना भाइरस (Covid-19) महामारी रोगका कारण बन्द रहेका यस नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरु व्यवस्थित रुपमा संचालन गर्नका निमित्त विद्यालय संचालन कार्य ढाँचा विषयमा छलफल तथा विद्यालय संचालन व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य सामग्रीहरुः माक्स, स्यानिटाइजर, साबुन, बाल्टिन आदि वित
५६ औँ अन्त्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक/शिक्षक विद्यार्थी सम्मान कार्यक्रम नगर प्रमुख श्री टोक बहादुर वाईबाको अध्यक्षतामा शैक्षिक सत्र २०७८ सालको कक्षा ५, ८ र एस्.ई.ई. परीक्षामा उत्कृष्ट सिकाइ उपलब्धिका आधारमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष तथा विद्यालयहरुलाई गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय श्री लक्ष्मण लम्साल, नगर उपप्रमुख श्री विष्णुमाणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा.
यस न.पा. मा कार्यरत शिक्षा शाखा प्रमुख, ज्युको बिदाई तथा स्वागत कार्यक्रममा ।
शैक्षिक अन्तरक्रिया तथा शुभकामना कार्यक्रम।
प्रमुख प्रशासकीय अधिकृत श्री भीम कान्त शर्मा तथा यस नगरपालिकाका संस्थापक निमित्त कार्यकारी अधिकृत नायव सुब्वा श्री विष्णु वहादुर विष्टज्युहरुको विदाइ र प्रमुख प्रशासकीय अधिकृत श्री मोहन अधिकारी तथा शाखा अधिकृत सुजन सुभ भ्लोनज्युहरुको स्वागत कार्यक्रम।
प्रधानमन्त्री रोजगार कार्यक्रमको समुद्घाटन यस कार्यक्रम अन्तरगत निम्न बमोजिमका कार्यहरु हुने छन्।
वडागत रुपमा सञ्चालन भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धि व्यवसाय सचेतना तथा शुरु एवं लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि तालिमका केहि झलकहरु।
मण्डनदेउपुर नगरपालिकाले नगर भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरुलाई विद्यार्थिको स्वास्थ्य सुरक्षाका साथ पठनपाठन सञ्चालनका लागि माक्स, स्यानिटाइजर र वाल्टिन वितरण गरेको छ। नगर प्रमुख श्री टोक बहादुर वाईवा ज्यूद्धारा स्वास्थ्य सामग्रीहरु वितरणका केही झलकहरु।
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक प्रशासकीय भवन जीर्ण भई नयाँ भवन बनाउँदा हालको भवन भत्काउनु पर्ने भएकाले कार्यालयको दैनिक प्रशासनिक कामकाज तथा कारागार भित्रका कैदिबन्दिहरुको क्षमता विकास र सिप विकास सम्बन्धि कामकाज सञ्चालन गर्नका लागि ट्रस निर्माण गर्नुपर्ने भएकाले ट्रस निर्माणका लागि जिल्ला कारागार कार्यालय, धुलिखेलका कारागार प्रमुख श्री गायत्री अधिकारीलाई मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख श्री टोक बहादुर वाईबा मार्फत रु एक लाख उनान्सय हजार नौ सय त्रिसठ्ठी रुपैयाँ (रु १,९९,९६३।००) को चेक हस्तान्तरण गर्दाका केही झलकहरु।
कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका व्यक्तिका परिवार तथा भन्टिलेटरमा उपचार गराएका बिरामीहरुका लागि नगरपालिकाबाट उपलब्ध गराइएको आर्थिक सहयोग वितरण समारोहका केही झलकहरु।
सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवि हुमागाई खतिवडा ज्यूबाट यस नगरपालिकाको न्यायिक इजलास र न्यायिक समितिले गरेका कामहरुको अवलोकन तथा निरिक्षण गर्नु भएको छ। सो अवसरमा नगरपालिकाका उपप्रमुख श्री निर्मला शाही ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने ज्यू लगायत सिभिक्ट नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति र रिमिरेक संस्थाका प्रतिनिधि सहितको टोलिले यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घर परिवारको घरदैलोमा गई अनुगमन गरिएको केहि झलकहरु। साथै अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाईको सामग्रिहरु वितरण गरियो।
मण्डनदेउपुर नगरपालिकाको आयोजनामा मिति 2077।12।24 र 25 गते श्री डेडीथुम्का मा.वि. महादेवस्थानमा सञ्चालित नगर स्तरीय अन्तर माध्यामिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमका संयोजक श्री गोविन्द प्रसाद पराजुली, प्रमुख अतिथि श्री टोक बहादुर वाइवा, विशेष अतिथि नगर उप-प्रमुख श्री निर्मला शाही, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, वडाध्यक्ष ज्यूहरु, नगरपालिकाका कर्मचारीहरु, वि.व्य.स. का पदाधिकारी, प्र.अ.
सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने सम्बन्धमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ज्यूहरु, ग्लोबल आई.एम.ई. बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, सिन्धु विकास बैंकका प्रमुखहरु तथा नगपालिककाका अन्य कर्मचारीहरु सहित भएको छलफल कार्यक्रमका केहि झलकहरु:
जिल्ला खेलकुद विकास समिति, काभ्रेको आयोजनामा मिति २०७८।०१। १३ देखि १५ सम्म पनौती रंगशालामा सम्पन्न भएको बाह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मण्डनदेउपुर नगरपालिकाकाबाट एथ्लेटिक्स अन्तर्गतका केही विधामा मात्र सहभागी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा स्वर्ण पदक, ३ वटा कास्य पदक र ७ वटा रजत गरी जम्मा १३ वटा पदक जित्न सफल भएकोमा खेलाडी र विद्यालयहरुलाई हार्दिक बधाई दिदै सवैलाई सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छौ।
मण्डनदेउपुर नगरपालिका अपांग समन्वय समिति, रिमिरेक तथा सि.वि. एम संस्थाको सहकार्यमा यस नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा गई न्यानो कपडा वितरण गरिएको केहि झलकहरु।
मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडाध्यक्ष ज्यूहरु तथा नगरपालिकाका प्राविधक लगायत अन्य कर्मचारीहरुको टोलिले हिगुवापाटी-देउपुर-नगरकोट सडक अन्तरगतकको पहिलो खण्ड जुन मंसिरको पहिलो हप्ता कालोपत्रे सरु गरिने भनिएको स्थानको अवलोकन गरिदै।